पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
0 0
Read Time:3 Minute, 58 Second

रासस
पाल्पा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता भएको छ । उनीहरुले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन पत्र दर्ता गराएका हुन् ।

जिल्लामा राष्ट्रिय जनमोर्चाले मात्र एक मात्र महिला उम्मेदवार अघि सारेको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा १४ राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । पाल्पा क्षेत्र नं १ बाट ९ दल र ४ स्वतन्त्रले उम्मेदवारी दिएका छन् । यहाँ नेकपा (एमाले) बाट नारायणप्रसाद आर्चाय, नेपाली कांग्रेसबाट सन्दिप राना, नेपाली कम्युनिस्ट पार्टीबाट हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिमल पन्त र राष्ट्रिय जनमोर्चाबाट नरमती सिञ्जालीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।

यस्तै मङ्गोल नेशनल अर्गनाइजेसनबाट सलन चिदी, नेशनल रिपब्लिक नेपालबाट थमनसिंह रेग्मी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) बाट पुरन गैरे शर्मा तथा स्वतन्त्रबाट कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा र वाछावली मियाले मनोनयन दर्ता गरेका छन् ।

यस्तै क्षेत्र नं २ बाट १४ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेवारले मनोनयन दर्ता गरेका छन् । यहाँ नेकपा (एमाले) बाट ठाकुर गैरे, नेपाली कांग्रेसबाट हिमालदत्त श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापाले उम्मेदवारी दिएका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादीबाट खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्तिबाट टोपबहादुर अस्लामी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट मानबहादुर दर्लामी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट विष्णु ठडराई, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीबाट कृष्णशोभा मुस्याख्वले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी स्वतन्त्रबाट मोहनकुमार थापा, देवीप्रसाद भण्डारी र केशवप्रसाद बस्यालले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केवश पराजुलीले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %