भालुवाङ बस दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन
- लुम्बिनी प्रेस संवाददाता
- पुस २८, २०८०
- 119 Shares
-
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएराति दाङमा १२ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
साथै, सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
गएराति दाङको भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको हो । २२ जना घाइते भएका छन् ।
‘दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जना यात्रुको मृत्यु भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दछु,’ प्रधामन्त्री प्रचण्डले भनेका छन्, ‘दुर्घटनामा मृत्यु हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उद्दार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशित गर्दछु।’
उनले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशन समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस्
- प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
- पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
- बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
- दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
- रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
- रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
- नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
- पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
- दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
- रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
-
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
माघ ६, २०८२


लेखकको सम्वन्धमा