शेखर काेइरालाद्वारा गगन थापालाई संसदीय दलकाे नेताकाे उम्मेदवार बनाउने प्रस्ताव

शेखर काेइरालाद्वारा गगन थापालाई संसदीय दलकाे नेताकाे उम्मेदवार बनाउने प्रस्ताव
0 0
Read Time:1 Minute, 6 Second

काठमाण्डाै । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नुभएको छ ।

आज मङ्गलवार काठमाण्डाैकाे एक हाेटलमा आफू निकट सांसद र केन्द्रीय सदस्यको भेला राखेर कोइरालाले थापालाई प्रस्ताव गर्नुभएको हो । थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने हुनुभएकाे छ ।

आउँदाे १५ औँ महाधिवेशनमा काेइरालालाई सर्वसम्मत सभापतिकाे उम्मेदवार बनाउने सर्तमा गगन थापालाई संसदीय दलकाे नेताकाे उम्मेदवार बनाउने निर्णय भएकाे हाे ।

कांग्रेस संसदीय दलको चुनावका लागि आज दिउँसाे मनाेनयन दर्ताकाे समय ताेकिएकाे छ । भाेलि बुधवार बिहान ८ बजेदेखि चुनाव हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %