बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनकाे निर्देशन

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनकाे निर्देशन
0 0
Read Time:1 Minute, 6 Second

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।

सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माआवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ।

निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने आज बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %