‘निर्वाचनमा मजदुरको प्रतिनिधित्व गराउन आवश्यक’
बुटवल । निर्वाचनमा मजदुरहरूको प्रतिनिधित्व गराउन आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन। उनिहरुले अन्य समयमा मजदुरलाई प्रयोग गरेपनी उम्मेदवार छनोटमा समस्या देखिएको बताएका हुन।
जनमत सञ्चार केन्द्र नेपालले आयोजना गरेक्क आगामी निर्वाचनमा मजदुरको प्रतिनिधित्व विषयक अनतरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले यी कुरामा जोड दिएका हुन।
कार्यक्रममा बोल्दै ट्रेड युनियन(काङ्ग्रेस)का लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्ण बेल्बासेले सबैबाट मजदुर बर्गले आश्वासन मात्रै पाएको अवस्था रहेको बताउदै सबैतिरबाट पछाडी पारिएको गुनासो गरे। उनले कम्युनिस्ट तथा काङ्ग्रेस लगायत सम्पुर्ण पार्टिहरुबाट श्रमिक मजदुर निकै पिल्सिनुपरेको बताए।
उनले बनाएका कानुनहरु कार्यान्वयन नहुदा समस्या आएको बताए।उनले आफुहरुलाइ नेतृत्व तहमा पुर्याउनुपर्नेमा जोड दिए।उनले सबै राजनीतिक दलले उनिहरुलाई आरक्षण दिनुपर्ने माग गरे।
उनले भने,’निर्वाचनमा विभिन्न कोटाहरु छुट्ट्याईएको छ,तर मजदुर छैन। अब यसको बारेमा जनता,नेता,मन्त्री सबैले यसको बारेमा गम्भीर हुनुपर्छ। ‘उनले प्रदेशसभा निर्वाचनमा आफ्नो नाम सिफारिस भएको बताउदै टिकट दिन आग्रह समेत गरे।
कार्यक्रममा बोल्दै जिफन्ट प्रदेश सदस्य गोकर्ण गिरिले राजनीतिक दलहरुले निर्वाचनमा मागेभन्दा न्यून अवसर पाएको गुनासो गरेका छन।उनले निर्वाचनमा १० प्रतिशत सहभागीता गराउनुपर्ने भएपनी २ प्रतिशतको हाराहारीमा मात्रै अवशर पाएको बताए। उनले निर्वाचनमा कार्यक्रम आयोजना गर्न लगाउने र आफै बिजयी भएर जाने गरेको गुनासो गरे।उनले उम्मेदवार छनोटमा सबै पार्टिले ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रम जनमत सञ्चार केन्द्र नेपालका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।


लेखकको सम्वन्धमा