कांग्रेसबाट रुपन्देही २ मा गृहमन्त्री खाँण सिफारिस
बुटवल । मंसिर ४ मा हुने प्रतिनिधिसभा चुनावका लागि रुपन्देही २ मा नेपाली कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार सिफारिस भएका छन्। बिहीबार बसेको रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति बैठकले खाणसहित चार जनाको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेको छ।
प्रत्यक्षतर्फ खाण, युवराज गिरि, कृष्णप्रसाद पोखरेल र चुन्नप्रसाद पौडेलको नाम सिफारिस भएको क्षेत्रीय कार्यवाहक सभापति परशुराम ढकालले जानकारी दिए।
यस्तै समानुपातिकमा भने ९ जना सिफारिस भएका छन्। समानुपातिकतर्फ डा बुद्ध बहादुर थापा, चिरञ्जीवी जोशी, मनोरमा शेरचन, अर्जुन रानाभाट, रिता सेन ओली, राममाया पौडेल अर्याल, नुमा थापा, हुमकला सुवेदी, लक्ष्मी जोशी रहेको कार्यवाहक सभापति ढकालले जानकारी दिए।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यो क्षेत्रबाट लगातार तीनपटक चु्नाव जितेर ह्याट्रिक गरेका थिए । गृहमन्त्री खाणको क्षेत्र ३ भए पनि उनी २ बाट समेत सिफारिसमा परेका हुन् । ३ नम्बरको सिफारिस गर्न बैठक अझै बसेको छैन । उनी निकट स्रोतले भने ३ बाट पनि सिफारिस गर्ने प्रतिक्रिया दिएको छ ।

लेखकको सम्वन्धमा