लुम्बिनी प्रदेश : निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित
- लुम्बिनी प्रेस संवाददाता
- अशोज १, २०८१
- 85 Shares
-

बुटवल । लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेस गरेको विधेयक सर्वसम्मतिले पारित भएको हो ।
बैठकका मन्त्री ढकालले पेस गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामुख तुलाराम घर्तीमगरले निर्णायार्थ पेस गरेका थिए ।
प्रदेश सभाको गत शुक्रबार बसेको बैठकमा पेस भएको विधेयकमा ५ वटा संशोधन परेका थिए । संशोधनलाई शुक्रबारै बसेको दोस्रो बैठकले प्रदेश मामिला तथा कानुन समितिमा छलफलका लागि पठाउने निर्णय गरेको थियो ।
दिल कुमारी बुढाको संयोजकत्वमा रहेको समितिले दफावार छलफलपछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक प्रदेश सभाको सोमबार बसेको बैठकमा पेस गरिएको थियो।
२०८० असारको २२ गते प्रदेश सभामा पेस भएको प्रदेश निजामती कर्मचारी विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा