बुटवलमा उद्योग संघले सञ्चालन गर्यो रोजगार सूचना केन्द्र
बुटवल । लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहमानगर पछि निजि क्षेत्रले समेत रोजगार सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । रुपन्देही उद्योग संघले स्थापना गरेको रोजगार सूचना केन्द्रको विहिवार शुभारम्भ गरिएको हो ।
लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापित केन्द्रको लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्घाटन गरे ।
केन्द्रको उद्घाटन गर्दै मन्त्री अजय शाहीले स्वदेशमा रोजगारी सिर्जना गर्दै दक्ष जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्ने वातावरण बनाउन सरकारको नीति रहेको बताए । उनले नीजी क्षेत्रसँगको सहकार्य र सहयोगमा उद्योगको विकासका कार्यक्रमलाई अगाडी बढाएको उल्लेख गर्दै उद्योग संघले सञ्चालनमा ल्याएको रोजगार सूचना केन्द्रले श्रम शक्तिलाई आवश्यकता अनुसार काममा लगाउन महत्वपूणर् भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा संघका अध्यक्ष माधव प्रसाद पौडेलले शिपयुक्त जनशक्ति उत्पादन, व्यवस्थापन र निरन्तरताका लागि प्रदेश सरकार एवं बुटवल उपमहानगरपालिकाको सहयोगमा केन्द्रले काम गर्ने बताउँदै शिपयुक्त जनशक्तिको तथ्यांक संकलनका साथै उद्योगीहरुको आवश्यकता पहिचान गरी व्यवस्थापन गर्ने भूमिका निवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले श्रम शक्तिको सम्मान र उनीहरुको उचित परिचालनका गर्दै स्थानीय तहमा रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान दिन आग्रह गरीन् ।
उनले बुटवल उपमहानगरपालिकाले रुपन्देही उद्योग संघसँग सधै सहकार्य गरेर उद्योगी व्यवसायीहरुका समस्याहरुका विषयमा आपसी समझदारीका रुपमा काम गर्ने प्रतिवद्धता पनी व्यक्त गरिन् ।
संघमा स्थापना गरिएको रोजगार सूचना केन्द्रले अनलाइन सफ्टवेयर मार्पmत आफ्नो योग्यता अनुसार बायोडाटा इन्ट्री गर्न सकिने र रोजगारदाताले आफुलाई उपयुक्त श्रमशक्ति अनलाइन मार्पmत नै छनौट गर्न सकिने व्यवस्था रहेको तथा संघको सचिवालयमा सम्पर्क गरी सुविधा लिन सकिने व्यवस्था रहेको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी दिए।

लेखकको सम्वन्धमा