पाल्पालगायतका क्षेत्रमा भएकाे बाढी पहिरोको घटनामा गृहमन्त्रीको चासो, राहत र स्थानान्तरणको व्यवस्था मिलाउन निर्देशन
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पाल्पा, कास्की र प्यूठानमा निरन्तरको वर्षापछि गएको पहिरोले पु¥याएको क्षति र तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएका छन् ।
गएरातिदेखि नै लगातार वर्षा भइरहेकाले ती स्थानमा आएको बाढी पहिरोको क्षति र तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएका हुन ।
गएरातिदेखि नै लगातार वर्षा भइरहेकाले ती स्थानमा आएको बाढी पहिरोको क्षतिका बारेमा गृहमन्त्री खाँणले जानकारी लिएर घटनाबारे अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाउन निर्देशन दिए।
उनले काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत्यु भएको घटनाको अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाउन निर्देशन दिएको गृहमन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग पहिरोबाट गएको क्षति र तत्कालका लागि राहत तथा नागरिकलाई सुरक्षित स्थानमा पु¥याउन गरिएको पहलबारे जानकारी लिए ।
मन्त्री खाँणले उद्धार र राहतमा थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन पनि आग्रह गरे।

लेखकको सम्वन्धमा