बुटवलका चर्चित वडाअध्यक्ष : जो अत्याधिक मतान्तरले बिजयी भए

बुटवलका चर्चित वडाअध्यक्ष : जो अत्याधिक मतान्तरले बिजयी भए
1 0
Read Time:3 Minute, 42 Second

बुटवल । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकामा मिश्रित नतिजा आएको छ । यहाँ नगरप्रमुखमा नेपाली काङ्ग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा एमालेकी साबित्रा अर्याल बिजयी भएका छ। दुबै ७ हजार बढिको मतान्तर सहित बिजयी भएका छन। बहुमत वडाध्यक्ष कांग्रेसले जितेको छ भने ५ वटा वडा नेकपा एमालेले जितेको छ । बुटवल उपमहानगरपालिकामा वडा नम्बर ४, ७, १२ र १७ का बिजयी उम्मेदवारहरूले ठुलो मतअन्तरसहित बिजयी बनेका छन् । नेकपा एमालेको गढ मानिएको बुटवलका वडाहरूमा नेपाली कांग्रेसका प्यानलनै बिजयी हुनले काम गर्नसक्ने दक्ष उम्मेदवारलाई बिजयी गराएको आँकलन गर्न सकिन्छ । 
बुटवल वडा नम्बर ४ मा नेपाली कांग्रेसका नरिश्वर शर्मा बिजयी भए । उनले नेकपा एमालेका टंक प्रसाद पराजुलीलाई पराजित गरे । निवर्तमान वडाअध्यक्ष समेत रहेका पराजुली सामान्य मतान्तरले होईन् अत्याधिक मतान्तरले पराजित भए । नेकपा एमालेको बर्चस्व रहेको वडा समेत रहेको वडामा पराजुली ९ सय ३ मतान्तरले पराजित भए । शर्माको १ हजार ९२८ मत आएको छ भने पराजुलीको १ हजार २५ मत मात्रै आएको छ । शर्मा मात्रै होइन् बुटवल ४ मा नेपाली कांग्रेसको प्यानलनै बिजयी भएको हो । 
यता बुटवल उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख शिवराज सुबेदीको बडा बुटवल ७ मा पनि नेपाली कांग्रेसका उम्मेद्वार ठुलो मतान्तरले बिजयी भएका छन् । नेकपा एमालेकी सिता कुमारी थापालाई ८७६ मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका पदम थापा बिजयी भए । उनले २ हजार ४०२ मत ल्याउँदा एमालेकी सिताको १ हजार ५२६ मत आएको थियो । यहाँपनि नेपाली कांग्रेसका उम्मेदवारको प्यानलनै बिजयी भएका हुन् । 
यता बुटवल १२ मा पनि नेपाली कांग्रेसका उम्मेद्वार निकै फराकिलो मतान्तरले बिजयी भएका छन् । ५९५ मतअन्तरसहित नेपाली कांग्रेसका डिल्ली प्रसाद शर्मा उपाध्याय बिजयी बनेका छन् । उनको २ हजार २३० मत थियो भने उनका प्रतिद्वन्दी एमालेका देबी प्रसाद रेग्मीको १ हजार ६३५ मत थियो । उनी सहित यहाँपनि कांग्रेसको प्यानलनै बिजयी बनेको हो । 
यता बुटवल १७ मा पनि नेपाली कांग्रेसका उम्मेद्वार निकै ठुलो मतान्तर सहित बिजयी भएका छन् । २८५ मतअन्तरसहित कांग्रेसका ज्ञान बहादुर रेश्मी बिजयी बनेका छन् । उनले १ हजार २४६ मत ल्याएका थिए भने नेकपा एमालेका गंगा प्रसाद न्यौपानेको ९६१ मत थियो । उनी सहित वडामा कांग्रेसको प्यानलनै बिजयी भएको हो । 
अन्य वडामा कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारहरू बिजयी भएपनि ठुलो मतान्तर आउन सकेको छैन् ।

Happy
Happy
43 %
Sad
Sad
0 %
Excited
Excited
43 %
Sleepy
Sleepy
0 %
Angry
Angry
14 %
Surprise
Surprise
0 %