तिलोत्तमाको मेयरमा खाण २५१ मतान्तरले अगाडी, उपमेयरमा चौधरी करिब दोब्बर मतले अगाडि
Read Time:48 Second
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना जारी छ। २९ हजार ८३९ मत गणना हुदा मेयर पदमा नेपाली काङ्ग्रेसका रामकृष्ण खाण २५१ मतान्तरले अगाडि छन। खाणले ११ हजार ५४१ मत ल्याएका छ । उनलाई नेकपा एमालेका मोहन चापागाईं पछ्याईरहेका छन। चापागाईंले ११ हजार २९० मत ल्याएका छन।
यता उपमेयरमा भने एमालेकी जागेश्वरी देबि चौधरी करिब दोब्बर मतान्तरले अगाडि छन। जागेश्वरी देबि चौधरीले १० हजार ९६८ मत ल्याएकी छन भने माओवादी केन्द्रका हेमन्त पाण्डे ५ हजार ४९२ मत ल्याएका छन।

लेखकको सम्वन्धमा