लुम्बिनीका ९८ पालिकाको मत परिणाम : कांग्रेस ४३ प्रमुखसहित पहिलो, माओवादी २५ र एमाले २४

लुम्बिनीका ९८ पालिकाको मत परिणाम : कांग्रेस ४३ प्रमुखसहित पहिलो, माओवादी २५ र एमाले २४
0 0
Read Time:3 Minute, 8 Second

बुटवल ।१ सय ९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।
अब ११ वटा स्थानीय तहमा मतपरिणाम आउन बाँकी छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले ४३ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा विजयी हासिल गरे सँगै लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस सबै भन्दा ठुलो दल बनेको हो।
माओवादी केन्द्र २५ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा बिजयी भएको छ भने नेकपा एमालेले २४ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा जित हासिल गरेको छ ।
जनता समाजवादी पार्टी जसपा २ ,राष्ट्रिय जनमोर्चा २, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा १ र जनता प्रगतिशिल पार्टी नेपाल १ स्थानको प्रमुख तथा अध्यक्ष पदमा बिजयी भएका छन।
यता नेकपा एकीकृत समाजवादीका कुनै पनि उम्मेदवारले प्रमुख तथा अध्यक्ष पदमा जित हासिल गरेका छैनन्। सत्ता गठबन्धनमा रहेका अन्य दलहरुले केहि स्थानमा बिजयी भईरहेको अवस्थामा एकीकृत समाजवादीका उम्मेदवारहरु प्रमुख तथा अध्यक्षमा कुनैपनी स्थानमा जित हासिल गर्न नसकेको हुन।

११ पालिकामा मतगणना जारी, ६ पालिकामा काङ्ग्रेसको अग्रता
बुटवल र तुलसीपुर उपमहानगरपालिका सहित ११ स्थानीय तहको मतपरिणाम आउन बाँकी रहदा नेपाली कांग्रेसका उम्मेदवारहरुले ६ स्थानमा अग्रता कायमै राखेका छन।
रुपन्देहीको बुटवल, तिलोत्तमा नगरपालिका, लुम्बिनी सास्कृतिक नगरपालिका, दाङको तुलसीपुर, बाकेको कोहलपुर नगरपालिका र कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा अग्रता कायम राखेका हुन।
नेकपा एमालेका उम्मेदवारहरुले पाल्पाको रम्भा गाउँपालिका र कपिलवस्तुको बिजयनगर गाउँपालिकामा अग्रता राखेका छन।
यस्तै जनता समाजवादी पार्टीका उम्मेदवारहरुले कपिलवस्तुको सुद्धोधन गाउँपालिकावर बाकेको नरैनापुर गाउँपालिकामा अग्रता राखेको छ।
लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अग्रता कायमै राखेको छ।
यद्यपि दाङको तुलसीपुर र रुपन्देहीको तिलोत्तमामा नेपाली काङ्ग्रेस र नेकपा एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा भईरहेको छ। बाह्रखरीबाट साभार।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %