स्ववियु लक्षित नेविसंघ रुपन्देही क्रियाशील,तथ्याङ्क सङ्कलन, पत्राचार एवं परिचालन समितिको गठन

बुटवल । सम्सेर खड्का नेतृत्वको नेविसंघ रुपन्देही स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन लक्षित क्रियाशील बन्दै गएको छ। त्रिविले आगामी चैत ५ गते गर्ने स्ववियु निवार्चनमा नेविसंघको उत्साहपूर्ण सहभागितालाई प्रभावकारी बनाउनका लागि स्ववियु निर्वाचन तथ्याङ्क सङ्कलन, पत्राचार एवं परिचालन समितिको गठन गरिएको अध्यक्ष खड्काले जानकारी दिए।
अध्यक्ष खडकाका अनुसार समितिको संयोजकमा नेविसंघ जिल्ला कार्यसमिति सदस्य कृष्ण खनाल ,सह-संयोजक दीपक अर्याल रहेको जानकारी दिए।समितिको सदस्यहरूमा सरोज भुसाल,सुमन गुरुङ,सुभाष काफ्ले,सुशील पन्थी,किशोर खनाल क्षेत्री रहेको अध्यक्ष खड्काले जानकारी दिए।
खड्कालेले स्ववियु निर्वाचनमा नेबिसंघको उपस्थिति बलियो बनाउन समिति बनाइएको बताउँदै समितिले सम्पूर्ण क्षमता, योग्यता र दक्षताको प्रयोग गर्दै सङ्गठन र स्ववियु निर्वाचनमा यस जिम्मेवारीलाई पूरा गर्ने बताए।
यो समितिको बारेमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समिति, काठमाडौँ,नेपाली काँग्रेस प्रदेश समिति, लुम्बिनी र काँग्रेस जिल्ला कार्य समिति रुपन्देहीलाई बोधार्थ दिइएको जानकारी दिए।
लेखकको सम्वन्धमा