रूपन्देही ५ क मा पोख्रेल सहित ३ जना सिफारिस, पाेखरेलकै संभावना बढि
Read Time:1 Minute, 6 Second
बुटवल । प्रदेशसभा निर्वाचनको लागि रूपन्देही ५ क मा नेपाली कांग्रेसको तर्फबाट नेता विष्णु प्रसाद पोख्र्रेल सहित ३ जना सिफारिस भएका छन् । बुधबार अबेला सकिएको बैठकले पोखरेल सहित देबि प्रसाद कणेल र लक्ष्मी चौधरीलाई सिफारिस गरेको क्षेत्रीय सचिव चित्रलाल तुलाचनले जानकारी दिए ।
बैठकले सिफारिस गरिएका कणेल र चौधरी नेता पोखरेल निकट हुन् । पोखरेलको लागि उनीहरु पछाडि हट्ने उनी निकट स्रोतले दाबी गरेको छ । पोखरेल अघिल्लो पटक नेकपा एमालेका भूमिश्वर ढकाल संग पराजित भएका थिए ।
यसअघि ५ ख मा भने फकरुद्धिन खाँन एकल सिफारिस भएका छन् । प्रतिनिधि सभामा पनि क्षेत्र नम्बर ५ बाट भरत शाह एकल सिफारिस भएका छन् ।

लेखकको सम्वन्धमा