महोत्सव उद्धाटनमा बुटवल नगरप्रमुख पाण्डेयले सम्झिए गिरिजा प्रसाद कोईरालालाई

महोत्सव उद्धाटनमा बुटवल नगरप्रमुख पाण्डेयले सम्झिए गिरिजा प्रसाद कोईरालालाई
0 0
Read Time:2 Minute, 51 Second

बुटवल, ७ पुस । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा रुपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै गिरिजाप्रसाद कोईरालालाई सम्झिएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरमा निर्माण करिब अन्तीम चरणमा पुगेर महोत्सव हुन लागेपछिको उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेयले गिरिजाप्रसाद कोईरालाको कारणले मेलास्थल नगरपालिका मातहत आएर महोत्सव गर्न पाएको भन्दै सम्झिएका हुन् ।

राष्ट्रपति बिद्यादेबी भण्डारी र गृहमन्त्री बालकृष्ण खाँण सहभागी कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले भने,‘नेपाली सेनाको मातहतमा रहेको जग्गालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाज्यूको विशेष पहलका कारणले नगरपालिकाको मातहतमा ल्याएर मेला गर्न पाएका छौँ । ’ उनले गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल र स्व नेता शुर्य प्रसाद प्रधानको निकै पहलकै कारणले जग्गा प्रप्तीमा थप बल पुगेको बताए ।
यसअघि बुटवल उपमहानगरपालिकाको ११ औं नगरसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख खेलराज पाण्डेले बुटवल मण्डपको नामका अगाडि गिरिजा प्रसाद कोइरालाको नाम राख्ने बताएका थिए ।
तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाले बुटवल मण्डपको जग्गा प्राप्तिमा महत्वपूणर् भूमिका निर्वाह गरेको भन्दै उनको सम्मानमा गिरिजा प्रसाद कोइराला बुटवल मण्डप नामाकरण गरिने बताएका हुन्।
पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको बुटवल मण्डपको १६ बिघा क्षेत्रमा हाल संघीय बजेट अन्तर्गत बुटवल सम्मेलन केन्द्र निर्माण सम्पन्न भइ उद्धाटन समेत भईसकेको छ भने प्रदर्शनी केन्द्र पनि सञ्चालन योग्य बनेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
0 %