लुम्विनीको एकीकृत विकास मेरो एजेण्डा होः फकरुद्दीन खाँ

लुम्विनीको एकीकृत विकास मेरो एजेण्डा होः फकरुद्दीन खाँ
0 1
Read Time:3 Minute, 40 Second

बुटवल । नेपालीकांग्रेस रुपन्देही क्षेत्र नं. ५ ख का प्रदेश सभाकाउम्मेदवार फकरुद्दीन खाँले लुम्विनीको एकीकृत विकासकालागिआफ्नो उम्मेदवारी रहेको वताउनु भएको छ । वर्षौदेखि लुम्विनीको विकास कछुवा गतिमा भैरहेको र लुम्विनीको समग्र गुरुयोजना पूरा गर्न आफू विजयीभए केहीवर्षमै लुम्विनीको मुहार फेर्ने दावीउम्मेदवार खाँले गर्नुभयो ।
चुनावीप्रचार प्रसारको क्रममालुम्विनीकाविभिन्न स्थानमा घरदैलो गर्दै खाँले समग्र मधेशको विकासकालागि नेपालीकांग्रेसमात्र एक पार्टी भएको दावीगर्नुभयो ।
उहाँले भन्नुभयो– दिगो भिजनभएको पार्टी नेपालीकांग्रेस हो, कांग्रेसले मात्रै मधेश र यहाँकाजनताको समस्या समाधानगर्न सक्ने भएकोले कांग्रेसको चुनावचिन्ह रुखमामतदानगर्नुहोस ।
लुम्विनीको विकास केवलभवनवनाएर मात्र संभवनभएको र त्यसकालागिआफू विजयीभए बृहदगुरुयोजनासहितको एकीकृत विकास गर्ने दावीगर्दै खाँले लुम्विनी क्षेत्रमाअझैपनि सडक, विजुली, शिक्षा र संचारको विकास हुननसकेकोले आफ्नोे उम्मेदवारी रहेको ठोकुवागर्नुभयो ।
खाँले मधेशको विकास र मुद्दा अन्यकुनैपनि पार्टीले समाधानगर्न नसकेकोले आफू नेपालीकांग्रेसको उम्मेदवारको हैसियतले जनताकै वीचमागएर समग्र आफ्नो क्षेत्रको विकासकालागिमतदिनुपर्ने बताउनु भयो ।
२८ वर्षको युवा अवस्थावाट राजनीतिमाप्रवेश गरेका खाँ यसअघि २०७४ सालको प्रदेश सभाको निर्वाचनमायहीँकामतदाताले भोट दिएर जिताएको र आफूले पूूरा गर्न नसकेका विकासकाअधुरा काम पूरा गर्न दोहारिएर उमेदवारी दिएको उल्लेख गर्नुभयो ।
आर्थिक मुद्दामा अवयुवाहरु समाहितभएकोले नेपालीकांग्रेसको बहुमतको सरकार वनेमा संविधान संशोधनसहितमधेशकाबाँकीएजेण्डा सम्वोधनहुने उल्लेख गर्नुभयो ।
चुनावी प्रसारको क्रममा क्षेत्र नं. ५ का विभिन्न स्थानमापुगीसक्नु भएकाकांग्रेस उम्मेदवार खाँआफ्नो क्षेत्रमा रहेको करिव ५५ हजार मतदाताकावीचमापुगेर अवकांग्रेसका उम्मेदवारलाई जिताउनआग्रहगर्ने र कांग्रेसले जित सुनिश्चित रहेको दावी समेत गर्नुभयो ।
स्थानीयलुम्विनीकामतदाताले लुम्विनीविकास कोषको वाहिरी क्षेत्रमाअझैपनिहिउँदमाधुलाम्मे र वर्षामाहिलाम्मे अवस्थाका कारण जनताले दुःखपाएको वताउँदै अहिले फेरी कांग्रेसका युवा नेता फकरुद्दिन खाँउम्मेदवार भएको र उहाँले विगतमा धेरै विकास गरेको र फेरी पनिगर्ने प्रतिवद्धता गरेकोले उहाँलाई जिताउनु पर्ने बताएका छन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %