तिलोत्तमाको मेयरमा काङ्ग्रेसका खाणको अग्रता कायमै, एमालेका चापागाईं ८३९ मतले पछाडी
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण खाँणले अग्रता कायम राखेका छन् ।पछिल्लो मतपरिणाम अनुसार काँग्रेस उम्मेदवार खाँण एमाले उम्मेदवार मोहन चापागाँई भन्दा ८३९ मतले अगाडि रहेका छन् ।
३८ हजार ८८४ मत गणना हुँदा काँग्रेस उम्मेदवार खाँणले १५ हजार २४६ मत प्राप्त गरेका छन भने एमाले उम्मेदवार चापागाइँले १४ हजार ४०७ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार सुन्दर गुरूङले ३ हजार ९८ मत प्राप्त गरेका छन् । उपमेयरमा भने एमाले उम्मेदवार जगेश्वरीदेवी चौधरीको अग्रता कायमै छ । उनले १४ हजार ५५ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ७ हजार २०१ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट उपमेयरकी उम्मेदवार गिता सारूले ४ हजार २०१ मत प्राप्त गरेकी छन् ।
तिलोत्तमामा अहिले वडा नं ६ ,११ ,१२ र १४ को मतगणना भईरहेको छ । भने वडा न ७,८,९ र १० गन्नै बाँकी छ । यसअघि वडा नं १, २, ३, ४,५,१३,१५, १६ र १७ गरी ९ वटा वडाको मत गणना सकिएको छ ।

लेखकको सम्वन्धमा