सैनामैनाको मेयरमा काङ्ग्रेसका शर्मा, उपमेयरमा एमालेकी राना बिजयी

सैनामैनाको मेयरमा काङ्ग्रेसका शर्मा, उपमेयरमा एमालेकी राना बिजयी
0 0
Read Time:51 Second

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका फणीन्द्र शर्मा ५८२ मतान्तर सहित विजय भएका छन् ।
उनले १५ हजार ६८६ मत ल्याउदै बिजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चित्रबहादुर कार्कीले १५ हजार १०४ मत ल्याएका छन। कार्की सैनामैनाका निवर्तमान मेयर हुन्।
यता उपमेयरमा भने नेकपा एमालेकी बिना राना २ हजार ४२ मतान्तर सहित विजयी भएकी छन्। रानाले १५ हजार ७६२ मत ल्याएकी थिइन। उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका मानबहादुर महतले १३ हजार ७२० मत ल्याएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %