
विद्युत् प्राधिकरणमा खुल्यो १०३३ जनालाई रोजगारी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी एक हजार ३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका सातौँदेखि दशौँ तहसम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहमा ८३८ जना खुला/समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ । सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ । दरखास्त पुस २५ गतेसम्म दिन सकिनेछ…